आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाको झगडामा कमल थापाको यस्तो धारणा

नेकपाको झगडामा कमल थापाको यस्तो धारणा

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.6K
    SHARES

  • नेकपाको झगडामा कमल थापाको यस्तो धारणा

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ५ वर्षदेखि संवैधानिक अंगका पदहरू रिक्त रहँदा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल भागबण्डा र झगडामा व्यस्त रहन दूर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले नेकपाको आन्तरिक विवादले वर्तमान व्यवस्थाको कमजोरीलाई उदाङ्गो पारेको जनाएका छन् ।

    उनले लेखेका छन्, ‘भागबण्डा नमिलेको र नेकपाको आन्तरिक विवादको कारण संवैधानिक परिषद्को बैठक पटक–पटक बस्न नसक्नुले वर्तमान व्यवस्थाको कमजोरीलाई थप उदाङ्गो पारेको छ । ५ वर्षदेखि कतिपय संवैधानिक अंगका पदहरू रिक्त छन् । तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दल भागबण्डा र झगडामा व्यस्त रहन दूर्भाग्यपूर्ण छ ।’

    थापाको नेतृत्वमा राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि दबाब दिने गतिविधि बढाउँदै लगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १२ २०७८१०:४२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend