काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकार खारेज गर्नुपर्ने माग राखेका छन्। थापाले ट्वीटरमा लेखेर प्रदेश ५ को प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको ध्वंसात्मक कार्य निन्दनीय रहेको बताएका हुन्।
उनले पछिल्लो ५ वर्षे अनुभवले संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको उल्लेख गरेका छन्। ‘ ५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ,’ उनले लेखेका छन्, ‘यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।