काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना सम्झँदै आफ्नो जस्तै नियति प्रचण्डले भोग्नु नपरोस भन्दै व्यंग्य गरेका छन्। उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेर व्यंग्यात्मक शुभकामना दिएका हुन्।
‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।