काठमाडौं – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सचिव पदका उम्मेदवारमध्ये अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै ७ जना निर्वाचित भएका छन् ।
नेकपा एमालेमा ७ जना सचिव निर्वाचित हुनेमा ९ जनाको उम्मेदवारी परेपछि चुनाव भएको हो । ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिनेहरु सबै पराजित भएका छन् ।
एमाले सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पदमाकुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट विजयी भएका छन् ।
ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका भीमप्रसाद आचार्य र टंकप्रसाद कार्कीले पराजित भएका जनाइएको छ । आचार्य १ नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् । उनी ओलीको रोजाइमा नपरेपछि पराजित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।