काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनावको परिणाम हेर्दा अध्यक्ष पदका उम्मेदवार भीम रावलभन्दा उपाध्यक्ष पदका उम्मेदवार घनश्याम भुसाल लोकप्रिय देखिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्का भीमबहादुर रावलले कूल २१३ मत मात्रै पाएका छन् । अध्यक्ष पदमा ओलीले १ हजार ८०८ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा भिडेका भुसालले रावलभन्दा बढी मत ल्याएका छन् । अध्यक्ष ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका घनश्याम भुसालले ७२५ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा सर्वाधिक मतसहित अष्टलक्ष्मी शाक्य पहिलो नम्बरमा जितेकी छन् । शाक्यले १ हजार ९७६ मत पाएकी छन् ।
दोस्रो नम्बरमा रहेका सुरेन्द्र पाण्डेले १ हजार ९२५ मत पाएका छन् भने तेस्रो नम्बरमा रहेका सुवासचन्द्र नेम्वाङले १ हजार ८६५ मत पाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु पौडेल १ हजार ८५६ मतसहित चौथो नम्बरमा पुगेका छन् । पाँचौं नम्बरमा रहेका युवराज ज्ञवालीेले १ हजार ८४२ मत पाएर विजयी भएका छन् ।
पूर्व माओवादीबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ छैठौ नम्बरमा रहँदै १ हजार ७६८ मतका साथ सुरक्षित रहेका छन् । एमालेमा ६ उपाध्यक्ष रहने प्रावधान छ । तसर्थ माथिका सबै उम्मेदवार जितेका छन् ।
अध्यक्ष ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका घनश्याम भुसाल ७२५ मतका साथ सबैभन्दा पुछारमा रहँदै चुनाव हारेका छन् ।
एमालेको चुनावमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकोमा २ हजार ७९ जनाले मतदान गरेका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।