बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापाको समर्थनमा सबुज बानियाँ काठमाडौं कांग्रेसको सभापतिमा विजयी

गगन थापाको समर्थनमा सबुज बानियाँ काठमाडौं कांग्रेसको सभापतिमा विजयी

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 4.3K
    SHARES

  • गगन थापाको समर्थनमा सबुज बानियाँ काठमाडौं कांग्रेसको सभापतिमा विजयी

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाको समर्थनमा काठमाडौं जिल्लाको सभापतिमा सबुज बानियाँ विजयी भएका छन् ।

    अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराउँदै बानियाँ सभापतिमा निर्वाचित भएका हुन् ।

    निर्वाचित बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा निकट मानिन्छन् । यसअघि बानियाँको उम्मेदवारी घोषणा कार्यक्रममा सिंह र थापा उपस्थित थिए ।

    काठमाडौं जिल्ला कार्यसमितिमा बानियाँको प्यानल नै विजयी भएको छ । काठमाडौंको उपसभापति पदमा गोकर्ण केसी र राजकुमार नकर्मी तथा सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनीले चुनाव जितेका छन् ।
     
    जिल्ला कार्यसमिति सहसचिव पदमा प्रा.डा. अमिता प्रधान र सुस्मिता प्रधान निर्वाचित भएका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend