बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

इन्जिनीयर विद्याले बनाइन् कांग्रेसमा नयाँ कीर्तिमान, चौतर्फी चर्चा !

इन्जिनीयर विद्याले बनाइन् कांग्रेसमा नयाँ कीर्तिमान, चौतर्फी चर्चा !

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 15.9K
    SHARES

  • इन्जिनीयर विद्याले बनाइन् कांग्रेसमा नयाँ कीर्तिमान, चौतर्फी चर्चा !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवाहरूसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व भइरहेका बेला कास्कीमा इन्जिनीयर विद्या बरालले कीर्तिमान बताएकी छन् ।

    महाधिवेशन प्रतिनिधिमा निर्वाचित विद्या कास्कीकै सबैभन्दा कान्छी २५ वर्षीया महाधिवेशन प्रतिनिधि हुन् । कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाबाट प्रभावित भएर राजनीतिमा आएकी विद्या गगन थापा कांग्रेसको महामन्त्री भएको हेर्न चाहन्छिन् ।

    विद्या महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा पार्टीमा इन्जिनीयरको प्रतिनिधित्व समेत भएपछि कास्कीका नेता कार्यकर्ता हर्षित भएका छन् ।

    कास्की जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट विद्याले अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् ।

    ‘राजनीतिमा युवा पुस्ताको संलग्नताले पार्टीमा सुधारसँगै परिवर्तन आउनेमा आशावादी छौं,’ विद्याले भनिन्, ‘नेपालभरबाट म एक्लो महिला इन्जिनीयर हुँ, जो अहिले महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी छु ।’

    कांग्रेसको नेतृत्वमा सशक्त युवाको पहुँच बढाउन महामन्त्री पदमा गगन थापालाई जिताउनुपर्ने विद्याको राय छ । यसअघि गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend