मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images
राजनीतिक बिशेष

देउवा र ओली चितवनमै आमने–सामने हुने

देउवा र ओली चितवनमै आमने–सामने हुने

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 1.5K
    SHARES

  • देउवा र ओली चितवनमै आमने–सामने हुने

    काठमाडौं - प्रधानमन्त्रीबाट पदच्यूत भएपछि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग अहिलेसम्म भेटघाट गरेका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ खाँदासमेत ओली राष्ट्रपति कार्यालय गएनन् ।

    जबकि निवर्तमान हुँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै शपथ कार्यक्रममा सहभागी हुने परम्परा छ । तर, ओलीले त्यो परम्परा ताडेका थिए ।

    images

    ओलीको त्यो अहं र घमण्ड तोड्न पनि प्रधानमन्त्री देउवा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्न चितवन जान लागेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् ।

    उनी हेलिकोप्टरबाट चितवन जानेछन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १ः१५ बजे देउवा काठमाडौं फर्कने छन् ।

    देउवाले एमालेको महाधिवेशन मञ्चमै ओलीलाई भेटेर संक्षिप्त कुराकानी गर्ने बुझिएको छ । देउवा प्रधानमन्त्री भएको सात महिना बितिसक्दा पनि ओलीले भेट्न मानेका छैनन् ।

    जबकि प्रमुख प्रतिपक्षी दलका नेताले जतिबेला पनि प्रधानमन्त्रीसँग भेट्न र छलफल गर्न सक्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend