बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापा निकटले जिल्ला सभापति जित्नै लाग्दा कांग्रेसको मतगणनास्थलमा गोली चल्यो

गगन थापा निकटले जिल्ला सभापति जित्नै लाग्दा कांग्रेसको मतगणनास्थलमा गोली चल्यो

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 19.2K
    SHARES

  • गगन थापा निकटले जिल्ला सभापति जित्नै लाग्दा कांग्रेसको मतगणनास्थलमा गोली चल्यो

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेको जिल्ला अधिवेशनमा प्यूठानमा मतगणना गर्दा हंगामा भएपछि प्रहरीले गोली चलाएको छ ।

    मतगणनास्थलमा बबाल भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । जिल्ला सभापति पदमा विष्णु गिरी र शिव रिजालबीच प्रतिस्पर्धा हुँदैछ ।

    कूल ६५ भोट गन्न हुन बाँकी रहेका बेला सभापति पदका उम्मेदवार शिव रिजाल पक्षले धाँधली भएको भन्दै तोडफोड गरेपछि तनावको स्थिति भएको कांग्रेसका नेता डा. गोविन्द पोखरेलले बताएका छन् ।

    हालसम्मको गणनामा सभापति पदमा उम्मेदवार बनेका विष्णु गिरीले ५२९ मत पाएका छन् भने अर्का उम्मेदवार शिव रिजालले ४६३ मत ल्याएका छन् । 

    जीतको नजिक रहेका सभापति पदका उम्मेदवार विष्णु गिरी चर्चित युवा नेता गगनकुमार थापा निकट मानिन्छन् । थापानिकट उम्मेदवारले जिल्ला सभापति जित्ने देखिएपछि अर्काे पक्षले हंगामा गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend