काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता तथा महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले काठमाडौंमा कब्जा जमाएका छन् ।
काठमाडौंमा भएका प्रदेशसभा क्षेत्रीय अधिवेशनमा नेता प्रकाशमान सिंहसँग मिलेर गगनले ९०% आफ्ना उम्मेदवार जिताएका छन् ।
हालसम्म भएका वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रमा सिंह र थापानिकट नेताहरु नेतृत्वमा पुगेका हुन् ।
काठमाडौंका २० वटा प्रदेशसभा क्षेत्रमा शुक्रवार र शनिवार अधिवेशन हुँदा १८ क्षेत्र अर्थात् ९०% क्षेत्रमा सिंह–थापा निकट उम्मेदवारले जितेका छन् ।
काठमाडौंमा भीमसेनदास प्रधान निकटले जम्मा २ प्रदेशसभा क्षेत्रमा मात्रै जीत हात पारेका छन् ।
पालिका अधिवेशनमा समेत सिंह–थापा पक्षले नै अधिकांश स्थान जितेको थियो । ११ पालिकामध्ये ८ पालिकामा सिंह–थापा निकटले जित्दा प्रधान टीम ३ स्थानमा मात्रै खुम्चिएको छ ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १(क) मा प्रल्हाद कार्की सभापति बनेका छन् भने १(ख) मा सुमनकुमार श्रेष्ठ सभापति बनेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(क) मा ध्रुव केसी सभापति बनेका छन् भने २(ख) मा उद्धव खड्का सभापति निर्वाचित भएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ३(क) मा श्रीराम चालिसे सभापति भएका छन् भने ३(ख) मा विमल ठकुरी सभापति भएका छन् । ठकुरी नेता भीमसेनदास प्रधाननिकट रहेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ४(क) मा विमलकुमार होडा सभापति भएका छन् भने ४(ख) मा रामप्रसाद लुइँटेल सभापति बनेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ५(क) मा दिनेश डंगोल सभापति बनेका छन् भने ५(ख) मा राजु खड्का सभापति निर्वाचित भएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ६(क) मा ख्यामराज तिवारी सभापति बनेका छन् भने ६(ख) मा विष्णुभक्त तिमल्सिना सभापति बनेका छन् । तिमल्सिना नेता भीमसेन प्रधान निकट रहेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ७(क) मा नवीन मानन्धर सभापति बनेका छन् भने ७(ख) मा वासुदेव लामा सभापति बनेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ८(क) मा ईन्द्रमानसिंह सुवाल सभापति बनेका छन् भने ८(ख) मा शिव खनाल सभापति बनेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ९(क) मा मोहनबहादुर बस्नेत सभापति बनेका छन् भने ९(ख) मा राजेन्द्र भट्टराई सभापति बनेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर १०(क) मा शैलेश मानन्धर सभापति बनेका छन् भने १०(ख) मा धर्मानन्द श्रेष्ठ सभापति निर्वाचित भएका छन् ।
काठमाडौं जिल्लामा भोलि सोमवार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । १० प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुने भएका छन् । १ क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि आउने भएका छन् ।
हरेक क्षेत्रबाट २६ जनाका दरले १० क्षेत्रबाट २६० जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने कांग्रेस स्रोतले जनाएको छ । यी सबै महाधिवेशन प्रतिनिधिमा गगन थापा पक्षधरको कब्जा हुने भएकाले अब कांग्रेस राजनीतिमा गगन थापा उदाउने विश्लेषण हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।