काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कांग्रेसलाई पहिलो पार्टी बनाउने टिप्स दिएका छन् ।
कांग्रेसले ४५ लाख मत ल्याए मात्रै पहिलो पार्टी बन्नसक्ने थापाले बताए ।
राजधानी काठमाडौं जिल्लाका वडा र पालिका अधिवेशनमा विजयीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसले गत निर्वाचनमा ३२ लाख मत पाएको स्मरण गरे ।
‘कांग्रेससँग भएको मतले मात्रै पहिलो पार्टी बन्न सकिन्न । यसपटक ४५ लाख मत पुर्याउनुपर्ने छ । १३ लाख मत कांग्रेसले थप्नुपर्नेछ,’ थापाले भने ।
आगामी चैत्र ५ गतेभित्रै स्थानीय निर्वाचन हुनुपर्ने थापाले बताएका छन् । चैत ५ गतेभन्दा स्थानीय चुनाव पर सार्ने सुविधा संविधानले नदिएको थापाले बताएका छन् ।
‘चैत ५ गतेपछि स्थानीय तहको निर्वाचन गर्ने भए अध्यादेश ल्याउनुपर्छ,’ थापाले भने, ‘हामीलाई तीन महिना मात्रै बाँकी छ । १८ वर्षको मतदातालाई कांग्रेसको इतिहास सुनाएर हुँदैन । भविष्यमा कांग्रेसले गर्ने कार्य बताउन सक्नुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।