आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमेरिकी सेना आउने हल्ला बकबास हो, एमसीसी बहुमतले पास गर्छौं : डा. शशांक कोइराला

अमेरिकी सेना आउने हल्ला बकबास हो, एमसीसी बहुमतले पास गर्छौं : डा. शशांक कोइराला

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २३ २०७८

  • 4.6K
    SHARES

  • अमेरिकी सेना आउने हल्ला बकबास हो, एमसीसी बहुमतले पास गर्छौं : डा. शशांक कोइराला

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अमेरिकी सहयोगको एमसीसी परियोजना पास हुने बताएका छन् ।

    एमसीसी सम्झौतालाई संसदबाट बहुमतले पास गर्नुपर्ने भएकाले केही छलफल गरेर पारित गरिने कोइरालाले बताएका छन् ।

    नेपाली कांग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बराललाई परेको मातृशोकमा दुःख व्यक्त गर्न सिन्धुली पुगेका महामन्त्री कोइरालाले एमसीसी पास गर्दा अमेरिकी सेना आउने हल्ला बकवास रहेको बताए ।

    महामन्त्री कोइरालाले भने, ‘एमसीसीसँगै सेना पनि आउँछ भन्ने हल्ला छ, यो पूरै बकवास कुरा हो, यसमा कुनै आधार छैन । यो हाम्रो नेपालको संविधानअन्तर्गत नै रहन्छ, बहुमतले सदनबाट पास गर्नुपर्छ, हामी पास गर्छौं ।’

    अदालतको विवादित विषय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नै समाधान गर्नुपर्ने कोइरालाले बताए । उनले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नभए पार्टीको अतित्व नै समाप्त हुने खतरा भएकाले महाधिवेशन जसरी पनि हुने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend