काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज आईतबार प्रदेश १ र गण्डकी प्रदेशका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आईतबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आईतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने जनाइएको छ । प्रदेश १ र गण्डकी प्रदेशका १ वा २ स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
आईतबार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने भएको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २१ गते (आइतबार)
दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २२ गते (सोमबार)
दिउँसो: देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ कार्तिक २३ गते (मंगलबार)
दिउँसो: देशको सुदुर पश्चिम प्रदेश तथा बाँकि प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ।
राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।