आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

आज यी क्षेत्रमा वर्षा र हिमपात, सतर्कता अपनाउन आग्रह

आज यी क्षेत्रमा वर्षा र हिमपात, सतर्कता अपनाउन आग्रह

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १८ २०७८

  • 2.7K
    SHARES

  • आज यी क्षेत्रमा वर्षा र हिमपात, सतर्कता अपनाउन आग्रह

    काठमाडौं – आज बिहीवार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    १ नम्बर प्रदेशका पहाडी भूभागका १–२ स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका १/२ स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । अहिले बिहान देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम  सामान्यतया सफा रहेको महाशाखाद्वारा प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    बिहीवार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा राति समेत हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

    हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश १, कर्णाली, गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

    यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान –

    मौसम विश्लेषण (Meteorological Analysis)

    हाल   नेपालमा  उल्लेखनीय  मौसम  प्रणाली  छैन ।

    हाल मौसमको अवस्था (Present Weather Status)

    हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम  सामान्यतया सफा रहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ कार्तिक १८ गते (बिहिबार) 

    दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका  एक वा दुई   स्थानहरुमा  हल्का  वर्षाको  संभावना  रहेको  छ ।  साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक १९ गते (शुक्रबार) 

    दिउँसो: देशको प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशको प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आन्शिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आन्शिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक २० गते (शनिबार) 

    दिउँसो: देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशभर आन्शिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

    कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा  दुई   स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले  सामान्य  सतर्कता अपनाउनुहुन अनुरोध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८११:१७:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend