आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतमा घट्दै कोरोना संक्रमण, चीनमा फेरि बढ्न थालेपछि प्रतिबन्धात्मक नियम लागू

भारतमा घट्दै कोरोना संक्रमण, चीनमा फेरि बढ्न थालेपछि प्रतिबन्धात्मक नियम लागू

  • मिडिया डबली
  • बुधवार, कार्तिक १७ २०७८

  • 3.2K
    SHARES

  • भारतमा घट्दै कोरोना संक्रमण, चीनमा फेरि बढ्न थालेपछि प्रतिबन्धात्मक नियम लागू

    काठमाडौं - सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी मुलुक भारतमा घट्दो क्रममा रहेको छ भने उत्तरी छिमेकी चीनमा भने फेरि बढ्ने क्रममा रहेको छ।

    चीनमा पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण देखिएको छ। यसअघि चीनमा कोरोना संक्रमण शून्यमा झरेको दाबी गरिएको भए पनि पछिल्लो समय भने विभिन्‍न १४ प्रान्तहरुमा संक्रमण देखिएको हो। चीनमा पछिल्लो तीन दिनमात्रै ३०० कोरोना संक्रमित देखिएका छन्। 

    चीनमा संक्रमण बढ्दै जाँदा क्‍वारेन्टाइन, अनिवार्य मास्कलगायतका प्रतिबन्धात्मक नियमहरुमा कडाइ गरिएको छ। 

    तर, भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ। यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ। 

    भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए।  कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए।  

    यसअघि झण्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो।

    भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ। यो सङ्ख्या २४७ दिनपछिकै सबैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको ०.४६ प्रतिशत मात्रै हो। 

    शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यससँगै कोरोना सुरु भएबाट हालसम्म  तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ९८.२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्।  भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ।  

    यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयबाट हामलसम्म १ अर्व भन्दा बढी डोज खोप लगाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०८:५६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend