काठमाडौं – आज बिहीबार देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
बिहीवार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने जनाइएको छ । पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार राति समेत देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने भएको छ ।
देशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात सम्भावना पनि रहेकाले स्थानीय वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन मौसमविद्ले जनाएका छन् ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ११ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।
२०७८ कार्तिक १२ गते (शुक्रबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक १३ गते (शनिबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।