बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीसँगको संगतले अन्ततः प्रधानन्यायाधीश पनि घरको बाटो लाग्दै

ओलीसँगको संगतले अन्ततः प्रधानन्यायाधीश पनि घरको बाटो लाग्दै

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 4.4K
    SHARES

  • ओलीसँगको संगतले अन्ततः प्रधानन्यायाधीश पनि घरको बाटो लाग्दै

    काठमाडौं - संगत गुनाको बुद्धि, बीउ गुनाको फल भन्ने नेपाली उखान निकै चर्चित छ । संगत राम्रो मान्छेसँग गरेको छ भने त्यस्तै हुँदै जान्छ, नराम्रोसँग गरेमा फल पनि त्यस्तै भोग्नुपर्छ भन्ने बुढापाकाले त्यसै भनेका होइनन् ।

    गत वर्ष मंसिरसम्म प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सबै ठीकठाक थियो । सर्वोच्चमा स्थायी न्यायाधीश भएको छोटो समयमै प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएका जबरा कार्यकाल एक वर्षभन्दा बढी समय बाँकी छँदै बहिर्गमनको मुखमा आइपुगेका छन् ।

    गत वर्ष केपी ओली प्रधानमन्त्री भएका बेला जबराले संवैधानिक अंगमा नियुक्ति गर्दा सरकारलाई साथ नदिएको भए अहिले यो अवस्था आउने थिएन । आफ्नै सहपाठीहरूले सर्वोच्च अदालतको इजलास बहिष्कार गर्नुपर्ने थिएन ।

    त्यसबेला ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउँदा जबराले कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा जस्तै संवैधानिक परिषद् बैठकमा सहभागी नभएको भए अहिले दुखद अवस्था भोग्नु नपर्ने कानुन व्यवसायीहरू नै बताउँछन् ।

    अहिले जबरालाई एमाले अध्यक्ष ओलीले मात्र साथ दिएका छन् । सोमबार झापामा आयोजित कार्यक्रममा सर्वोच्चका १४ भाइ न्यायाधीशले प्रधानन्यायाधीश जबराले तोकेको बेन्च बहिष्कार गरेकोमा आपत्ति जनाए । उनले सर्वोच्चमा पनि गुटगत गतिविधि गरेको भन्दै कडा आलोचना गरे ।

    सर्वोच्चका न्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीश फोरमले जबराले मार्गप्रशस्त गर्नुपर्ने अडान राख्दै आएको छ । जसकारण आज नेपालको इतिहासमा बहालवाला प्रधानन्यायाधीशले राजीनामा दिने प्रबल सम्भावना रहेको बताइन्छ ।

    दुई दुईपटक संसद् भंग गरेर, अध्यादेशबाटै सरकार चलाएर, आफू निकटका व्यक्तिलाई राज्यको निकायमा मनपरी नियुक्ति गरेर, पार्टीका शीर्ष नेतालाई पाखा लगाएर चल्दा ओलीको जसरी कुर्सी धरापमा परेको थियो, अहिले प्रधानन्यायाधीश जबराले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend