आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

आज यी क्षेत्रमा वर्षाको सम्भावना, किसानलाई यस्तो चेतावनी

आज यी क्षेत्रमा वर्षाको सम्भावना, किसानलाई यस्तो चेतावनी

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 3.0K
    SHARES

  • आज यी क्षेत्रमा वर्षाको सम्भावना, किसानलाई यस्तो चेतावनी

    काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि कार्य गर्दा आवश्यक सावधानी अपनाउन किसानलाई चेतावनी र परामर्श दिएको छ ।

    मंगलबार बिहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले थोरै स्थानमा हल्का वर्षा र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

    नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको जनाइएको छ ।

    मंगलबार दिउँसोको मौसमबारे महाशाखाले भनेको छ, ‘देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

    मंगलबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तो छ मौसमी बुलेटिन –

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ कार्तिक ०९ गते (मंगलबार)

    दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक १० गते (बुधबार)

    दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक ११ गते (बिहीबार)

    दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भु-भागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

    देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८११:१७:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend