काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्य पदमा निर्वाचित भएका छन् ।
नेता थापा २ वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका छन् । थापाको कार्यकाल सन् २०२३ सम्म रहने जनाइएको छ ।
सञ्जालको बोर्डमा १४० भन्दा बढी देशका सांसदको प्रतिनिधित्व रहन्छ ।
सदस्य निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद थापाले २ वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।
कांग्रेसका प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री थापा सन् २०२१–२३ सम्मका लागि द पार्लियामेन्टरी नेटवर्क अन वल्र्ड बैंक र आइएमएफको बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।
द पार्लियामेन्टरी नेटवर्कको बोर्डमा रहेर विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न उत्साहित रहेको उनले घोषणा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।