बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काठमाडौं बन्यो गगन थापाको किल्ला, यसरी गराए सानदार जीत !

काठमाडौं बन्यो गगन थापाको किल्ला, यसरी गराए सानदार जीत !

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 17.3K
    SHARES

  • काठमाडौं बन्यो गगन थापाको किल्ला, यसरी गराए सानदार जीत !

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी घोषणा गरेका युवा नेता गगनकुमार थापाले काठमाडौंमा आफ्नो प्रभाव देखाएका छन् ।

    विभिन्न पालिकाको अधिवेशनको नतिजाबाट चर्चित युवा नेता गगनको प्रभाव देखिँदा देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंमा गगनको मजबुत प्रभाव देखिएको छ ।

    काठमाडौं महानगरपालिकाको अधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गगन समर्थित प्यानलका उम्मेदवार निलकाजी शाक्य फराकिलो मतान्तरले विजयी भएका छन् ।

    महानगरको चुनावमा मतदान गरेका प्रतिनिधिले नै महाधिवेशन प्रतिनिधि चयनको चुनावमा समेत मतदान गर्ने भएकाले काठमाडौंबाट गगन पक्षबाट महाधिवेशन प्रतिनिधि धेरै निर्वाचित हुने देखिन्छ ।

    244376883_881557345896323_3228491593147006724_n (1).jpg

    काठमाडौं महानगरको मतपरिणाम अनुसार सभापति पदमा निलकाजी शाक्यले ७८६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत मात्रै ल्याएका निर्वाचन समितिले जनाएको छ ।

    युवामाझ लोकप्रिय र रुचाइएका नेता गगन थापाले पार्टीका आन्तरिक चुनावमा समेत प्रभाव देखाएका छन् ।

    यस्तो छ काठमाडौंको अन्तिम मतपरिणाम –

    242706935_407510360752779_1825774080364586910_n.jpg

    काठमाडौंमा सभापति शाक्यका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधाभन्दा कम मत मात्रै पाएका छन् । कार्यसमितिको उपसभापतिमा शाक्य प्यानलकै सुशिला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने विजयी भएका छन् । 

    काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको जनाइएको छ ।

    यसअघि काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा समेत गगन थापाकै पक्षका उम्मेदवारले सभापतिमा जितेका थिए । काठमाडौंका अन्य पालिकामा समेत थापा पक्षका उम्मेदवारले जितेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend