शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

नयाँ मन्त्री नियुक्तिको ढिलाइमा थपियो अर्काे कारण, यसरी भयो मन्त्रिपरिषद् विस्तार अनिश्चित

नयाँ मन्त्री नियुक्तिको ढिलाइमा थपियो अर्काे कारण, यसरी भयो मन्त्रिपरिषद् विस्तार अनिश्चित

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 5.6K
    SHARES

  • नयाँ मन्त्री नियुक्तिको ढिलाइमा थपियो अर्काे कारण, यसरी भयो मन्त्रिपरिषद् विस्तार अनिश्चित

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्वको सरकार गठन भएको साढे २ महिना पूरा भइसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । विभिन्न कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

    मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइमा अर्काे नयाँ कारण बनेको छ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी हुनु ।

    अध्यक्ष नेपाल बिरामी भएकाले मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष नेपाल निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि मात्र अब मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने भएको छ ।

    स्रोतले भन्यो, ‘गठबन्धनमा कुन दलले कुन मन्त्रालय लिने भन्ने भागबण्डा मिलेको छैन, त्यसमा केही विषय टुुंगिन बाँकी रहेका छन् । माधव कमरेड बिरामी भएकाले सहमति गर्न गाह्रो भयो । उहाँ डिस्चार्ज भएपछि छलफल गरेर मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।’  

    अध्यक्ष नेपाल अस्पतालबाट सोमवार मात्रै डिस्चार्ज हुने सचिवालयले जानकारी दिएको छ । अध्यक्ष नेपाललाई रुघाखोजी र ज्वरो आउने भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । नेपालको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

    प्रधानमन्त्री देउवासँग गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिढिएका समेत बताइएको छ । यादव उपप्रधानसहित परराष्ट्र मन्त्रीको जिम्मेवारी लिएर सरकारमा जान चाहेपनि देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरिसकेका छन् । यादवले चाहेअनुसार देउवा उपप्रधानमन्त्री समेत नबनाउने निधो गरेका छन् । जसले गर्दा यादवको सरकारमा जाने चाहना पूरा हुन सकेन ।

    प्रधानमन्त्री देउवाले सरकारमा अर्थ, गृह, उर्जा, परराष्ट्र कानून मन्त्री र स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । सरकारका अन्य १७ मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।

    नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी र एकीकृत समाजवादीले ५/५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति बनेको छ । जसपालाई ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend