काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले मन टुटेका र नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक रहेको जनाएका छन् ।
शनिबार काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा ृनले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको गुनासो गरे ।
‘कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न सक्दैन,’ उनले भने, ‘आज जसरी चलेको छ, यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन ।’
कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको उनले बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्ने थापाले बताए । ‘कांग्रेसभित्र ठूलो सुदृढीकरण र सुधारको खाँचो छ,’ थापाले भने, ‘हामीलाई चाहे खुलामञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरूको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।’
आगामी ३ तहको निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्नेमा उनले जोड दिएका छन् । सम्पूर्ण कम्युनिस्ट र मधेशवादी दलहरू मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न थापाले आग्रह गरेका छन् । ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६–७ महिना बाँकी रहन्छ,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।