काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण गरिरहेको छ ।
यसै सिलसिलामा एकीकृत समाजवादीले गुल्मी जिल्लामा समेत संगठन बनाएको छ । गुल्मी नेकपा एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला हो ।
एमालेका दुवै प्रभावशाली नेतासँगै एकीकृत समाजवादीकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीको समेत गृहजिल्ला भएकाले गुल्मीमा नयाँ नेतृत्व चयन गरिएको छ ।
एकीकृत समाजवादीले नेत्री झाँक्रीको सक्रियतामा युवाहरूलाई पार्टीको नेतृत्व सुम्पिएको छ । युवाले नेतृत्व सम्हाल्दा गुल्मीमा नेताद्वय ज्ञवाली र विष्टलाई आगामी चुनावमा धक्का लाग्ने देखिएको छ ।
एकीकृत समाजवादीले गुल्मीको अध्यक्षमा श्रीराम महत र इन्चार्जमा हिमाल थापालाई जिम्मेवारी दिएको छ ।
पार्टी विभाजनअघिसम्म सचिव विष्ट नेता माधवकुमार नेपालको पक्षमा भएपनि विभाजनका बेला एमालेमै रहेका थिए । गुल्मीमा विष्ट पक्षका नेताहरू एकीकृत समाजवादीतिर लाग्न थालेका छन् ।
नयाँ नेतृत्वलाई नेत्री झाँक्रीले समयले सुम्पेको दायित्व र जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने निर्देशन दिएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।