काठमाडौं - डा.गोविन्द केसी शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रह बसेको १८औं दिनमा सरकार बोल्यो । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत केसीलाई यस्तो बेला अनसन बस्ने समय होइन, सत्याग्रह त्याग्नुस् भने ।
तर, उनको अभिव्यक्तिमा केसीको माग पूरा गर्न सरकार इच्छुक छैन भन्ने स्पष्ट बुझिन्छ । केसी नेकपाका नेताहरू कसैलाई पनि मन पर्दैन । हिजो केसीलाई अघि सारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट लोकमानसिंह कार्कीलाई हटाउन तत्कालीन एमाले र माओवादीका नेता लागेका थिए ।
स्वयं अहिलेका परराष्ट्रमन्त्री ज्ञवालीले पनि केसीको अनसनलाई ऐक्यबद्धता जनाएका थिए । केसीकै अनसनको बल र सर्वोच्च अदालतको आदेशमा कार्की अख्तियार प्रमुखबाट च्यूत भएका थिए ।
तर, अहिले तिनै केसीले जनताको पक्षमा माग राखेर बसेको अनसन उपयुक्त समयमा नभएको भन्ने नैतिकता ओली सरकारमा रहन्न । त्यसमा पनि प्रदीप ज्ञवालीलाई त सुहाउँदै सुहाउँदैन ।
केसीले चिकित्सा शिक्षा सुधारका लागि विगत ६ वर्षदेखि अनसन बस्दै आएका छन् । उनकै अनसनले चिकित्सा शिक्षामा धेरै परिवर्तन भएका छन् । तर, पनि आज १९औं दिन बितिसक्दा पनि ओली सरकार मूकदर्शक बनेर बसेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।