शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक

प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 8.0K
    SHARES

  • प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक

     काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ता तोकिएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको हो ।

    अर्को मन्त्रालयका मन्त्रीलाई सरकारको प्रवक्ता तोकिएसँगै तत्काल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्ति नहुने संकेत देखिएको छ । दशैंअघि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएकाले तत्काल सञ्चारमन्त्री अरु नआउने भएका हुन् ।

    यदि मन्त्रीको जिम्मेवारी हेरफेर भएमा प्रदीप ज्ञवाली नै सञ्चारमन्त्री हुने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले साढे दुई वर्षमा तीन तीनजना प्रवक्ता तोकिसकेका छन् ।

    तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्री पद त्यागेपछि अर्थमन्त्रीडा.युवराज खतिवडा प्रवक्ता थिए । उनले पनि एक साताअघि राजीनामा दिएपछि प्रवक्ता कसैलाई तोकिएको थिएन । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रवक्ता दिने चर्चा थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १९ २०७७०७:१३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend