काठमाडौं – नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् ।
भ्रमणका क्रममा नेपालभारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो दुई महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपाल भ्रमण गरेर फर्किसकेका छन् ।
भारतीय विदेश मन्त्री डा। एस जयशंकरले पनि नेपाल भारत परस्पर सम्बन्ध अघि बढिसकेको बताएका छन् । बुधबार भारतइ पत्रिका ‘दी हिन्दु’ लाई अन्तरवार्ता दिँदै उनले नेपाल र भारतबीचमा विगतमा विवाद भए पनि पछिल्ला केही सातायता दुई देशले आपसी सम्बन्धलाई अघि बढाउने निर्णय गरिसकेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।