काठमाडौं - परराष्ट्रमन्त्रिविरुद्ध विरगञ्ज र काठमाडाैंमा भव्य प्रदर्शन भएकाे छ । हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्ज र काठमाडौंमा प्रदर्शन गरेको हाे ।
अभियानका अभियानकर्ताहरुले बुधबार वीरगञ्जको घण्टाघर चोकमा भेला भई परराष्ट्रमन्त्रीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागि युवाहरुले ‘ भ्रष्टचारी सरकार मुर्दावाद, राष्ट्रघाती सरकार मुर्दावाद, चिनियाँ विस्तारबाद मुर्दावाद, चीनले अतिक्रमण गरेको जग्गा फिर्ता गर, परराष्ट्रमन्त्री राजीनामा दे,’ लगायत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
राष्ट्रिय एकता अभियानका संयोजक यादवले नेपाल चीन सीमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको अभिव्यक्ति गैरजिम्मेवारी भएकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ता विरोधी मात्र नभई त्यसले नेपालको विखण्डनवादी शक्तिहरुलाई मलजल पु¥याउने काम गरेको उनले आरोप लगाए ।
‘भारतले हाम्रो कालापानी, लिपुलेक र लिपुवाधारा अतिक्रमण गरेको भन्दै आक्रमक रुपमा विरोध गर्ने तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा हामी किन यति उद्दारवाद बनेका हौं,’ उनले भने – ‘के हामी चाईनाको गुलामी गरेका हौं, ‘हौइन भने चीनले अतिक्रमण गरेको रुई गाउँ पुरै फिर्ता गर्नुपर्छ ।’
रुई गाँउलाई चीनतर्फ नेपालको भूभागमा पार्न सहयोग पु¥याएका सम्बन्धित सबै व्यक्तिहरु माथि राष्ट्रद्रोहको मुद्दा लगाएर अबिलम्ब कारवाही गर्नुका साथै रुई गाउँलाई नेपालको नक्सामा पारी नयाँ नक्सा प्रकाशित गर्न माग समेत उनले गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।