शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

परराष्ट्रमन्त्रीकाे राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका दुइ जना पक्राउ

परराष्ट्रमन्त्रीकाे राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका दुइ जना पक्राउ

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 6.3K
    SHARES

  • परराष्ट्रमन्त्रीकाे राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका दुइ जना पक्राउ

    काठमाडाैँ - परराष्टमन्त्री प्रदीप ज्ञवालीकाे राजीनामा माग्दै राष्ट्रिय एकता अभियानले सुर्खेतमा प्रदर्शन गरेकाे छ । परराष्टमन्त्री ज्ञवालीकाे प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले परराष्टमन्त्री ज्ञवालीकाे राजिनामा माग गरेको हाे । राष्ट्रीय एकता अभियानले सुर्खेतको बीरेन्द्रनगर प्रदर्शन गरेकाे हाे।

    प्रदर्शनकाे क्रममा सहभागीहरले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमीबाट चिनियाँहरू फिर्ता जाउ, सोझो नेपालीसङ्ग छ्लछाम बन्द गर । गाे ब्याक चाइना, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाएका थिए। हुम्ला जिल्लाको भूमि चीनद्वारा मिचिएको बिरोधमा राष्ट्रीय एकता अभियानले शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानका दुई जना अभियन्तालाइ पक्राउ गरेकाे छ।

    अभियानका केन्द्रीय संयाेजक विनय यादवका अनुसार अभियन्ता लेखक गौतम र प्रबेश सुनुवारलाई प्रहरीले पक्राउ गरेकाे हाे। उनले भने,’ शन्तिपूर्ण आन्दाेलनमा पनि प्रहरीले दमन गरेकाे छ, याे सरासर गलत हाे, हाम्रा अभियन्तालाइ प्रहरीले तत्काल नछाडे कडा आन्दाेलन गर्न बाध्य हुनेछाैँ।’ उनले आफ्ना अभियन्ताकाे तत्काल रिहाइकाे माग समेत गरेका छन्।

    हुम्लामा नेपाल र चीनबीच विवादित भूमि लाप्चामा चीनले ११ वटा ठूला व्यवसायिक भवन बनाइसकेकाे छ। गत अाइतबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी नेतृत्वकाे जिल्लाका सुरक्षा प्रमुखहरू त्यस क्षेत्रकाे स्थलगत निरिक्षणमा गएका थिए। उनीहरूलाइ चीनका सेनाले माइकिङ गरे उक्त भूमि तत्कालै छाेड्न अादेश दिन्दै फिर्ता पठाएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १९ २०७७०७:१३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend