काठमाडौं - प्रधानमन्त्री केपी ओली आफ्नो शासनकाल निकै उदार भएको दाबी गरेर थाक्दैनन् । तर, उनकै शासनकालमा नेपाली नागरिकले निकै सास्ती खेप्नु परेको छ ।
मन्दिरका पुजारी निर्मम ढंगले मारिएका छन् । राष्ट्रिय झण्डा जलाइएको छ । भोका हुने नागरिकको संख्या दैनिक बढ्दै गइरहेको छ । कतिसम्म जनताले स्वतन्त्र ढंगले हिँड्न समेत पाएका छैनन् ।
नेपाली नागरिकले श्रद्धाले शिर निहुराउने डा.गोविन्द केसीलाई कम्युनिस्ट सरकारले अघोषित रूपमा नजरबन्दमा राखेको छ । केसीले स्वतन्त्र ढंगले हिँड्नसमेत पाएका छैनन् ।
उनलाई विरामी जाँच्न रोक मात्र लगाइएको छैन, औषधि किन्न समेत दिइएको छैन । यसले केपी ओलीको शासन उत्तर कोरियाको किम जोङ उनको शासन जस्तै देखिएको छ ।
जहाँ नागरिकको मौलिक हकअधिकार कुण्ठित गरिएको छ । डा.केसी अहिले जुम्लामा छन् । उनले कर्णालीका विभिन्न जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
केसीको समाजसेवाबाट डराएर ओली सरकारले उनलाई नजरबन्दमा राखेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।