काठमाडौं - डा.गोविन्द केसी शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा बसेको आज १७औं दिन । जुम्लाबाट सुरु गरेको उनको अनसन नेपालगन्ज हुँदै काठमाडौंमा आएर जारी छ ।
तर, आजका दिनसम्म केसीको अनसनबारे सरकार चुँसम्म बोलेको छैन । केसी अहिलेको सरकारको सबैभन्दा ठूलो टाउको दुःखाई मात्र होइन, नेकपामा कसैले पनि मन नपराउने व्यक्ति हुन् ।
उनकै कारण धेरै नेताको राजनीति बदनाम भएकाले पनि केसीको अनसनप्रति प्रधानमन्त्री केपी ओलीले चासो नराखेका हुन् । ओली प्रधानमन्त्री भएका बेला केसी छैटौंपटक अनसन बसिसकेका छन् ।
केसीसँग शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड सबैले प्रधानमन्त्री भएका बेला सहमति गरेर अनसन तोडाएका हुन् ।
त्यसैले केसीको अनसनबारे पूर्वप्रधानमन्त्रीहरूले पनि चासो दिनुपर्ने हो । तर, औपचारिक रूपमा नेपाली कांग्रेसबाहेक कुनै पनि पार्टीले केसीको अनसनबारे बोलेका छैनन् ।
नेकपा निकट स्रोतका अनुसार केसीलाई सत्याग्रही नन्दप्रसाद अधिकारीकै हालतमा पुर्याइदिने ओली सरकारको तयारी छ । त्यसैले पनि केसीको अनसनबारे सरकारले कुनै चासो नदेखाएको हो ।
उनको अनसनबारे शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले विशेष चासो गर्नुपर्ने हो । माग सम्बोधनको पहल गर्ने भनेर प्रतिबद्धता जनाउनुपर्ने हो । तर, १७ दिनसम्म पनि बेवास्ता गर्नुले अनसनमै बसेका बेला नन्दप्रसाद अधिकारीको मृत्यु भए जस्तै केसीको पनि त्यही हविगत होस् भन्ने मनस्थितिमा ओली सरकार पुगेको विश्लेषण हुन थालेको छ ।
यो पनि पढ्नुहोस्
गोविन्द केसीसँग जसले जोरी खेल्छ ऊ सकिन्छ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।