बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कसैले पनि एमालेको मागको हल गर्न सक्दैन : गगन थापा

कसैले पनि एमालेको मागको हल गर्न सक्दैन : गगन थापा

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 7.7K
    SHARES

  • कसैले पनि एमालेको मागको हल गर्न सक्दैन : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित सांसद गगनकुमार थापाले नेकपा एमालेको माग कसैले पूरा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

    शुक्रवार प्रतिनिधिसभा बैठकपछि संसद परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद थापाले भने, ‘सभामुख नै मान्दिन, सांसद नै मान्दिन, यो संसदभित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद गरेर एमालेको मागको हल गर्न सक्दैन ।’

    प्रतिनिधिसभा संसदमा प्रस्तुत कुनै विधेयकको विषयलाई लिएर, सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर संसद अवरुद्ध गरेको भए निकास निकाल्न सकिने थापाले बताए ।

    थापाले भने, ‘जुन दिनसम्म एमालेले सभामुखलाई मान्दिन । यो संसद, संविधान, ऐन, नियम, कानूनले चिनेको सांसदलाई मान्दिन भन्छ, त्यो दिनसम्म संसद यसरी चल्नेभन्दा अर्को बाटो देख्दिनँ ।’

    नेकपा एमालेले प्रतिपक्षले प्राप्त गर्ने अधिकारको चरम दुरुपयोग गरेको समेत थापाले बताए ।

    उनले भने, ‘हाम्रो संसदीय अभ्यासको क्रममा आज अस्तिको बैठकमा जे भयो, यो सुखद कुरा होइन तर यसको कारण नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्‍यो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend