शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाका दूत ओली भेट्न किन पुगे बालकोट ?

देउवाका दूत ओली भेट्न किन पुगे बालकोट ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 7.3K
    SHARES

  • देउवाका दूत ओली भेट्न किन पुगे बालकोट ?
    फाइल तस्वीर

    काठमाडौं - प्रधानमन्त्री बनेको ५१ औं दिनमा शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । सरकारको नेतृत्व गरेसँगै देउवाले एमाले नेताहरूसँग संवाद ठप्प पारेका थिए ।

    तर, अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि अप्ठेरोमा परेका देउवाले एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध विस्तार गर्न चाहेका छन् ।

    त्यसैका लागि मंगलबार प्रधानमन्त्री देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् ।

    एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले साँझ अध्यक्ष केपी ओलीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलसँग सबन्ध विस्तारका लागि कानुनमन्त्री कार्कीलाई एमाले संसदीय दलको कार्यालय र बालकोटस्थित ओली निवासमा पठाएका हुन् ।

    ‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानुनमन्त्रीज्यू मेरो कार्यकक्षमा आउनु भएको थियो । साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नुभयो,’ नेम्वाङले भने, ‘सरकार र प्रतिपक्ष दलबीचका सबन्ध कसरी मजबुत बनाउने भन्ने बिषयमा छलफल भयो ।’

    एमालेले रचानात्मक प्रतिपक्षको भूमिका निभाउने, तर सरकारले प्रतिपक्षसँग सम्बन्ध सुधारमा त्यति चासो नदिएको गुनासो नेम्वाङले गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend