आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

केपी ओलीलाई देउवा सरकारका प्रवक्ताले दिए कडा जवाफ

केपी ओलीलाई देउवा सरकारका प्रवक्ताले दिए कडा जवाफ

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 7.3K
    SHARES

  • केपी ओलीलाई देउवा सरकारका प्रवक्ताले दिए कडा जवाफ

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पार्टी विभाजन गर्न अध्यादेश ल्याएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कडा जवाफ फर्काएका छन् ।

    सुनसरीको कोशी गाउँपालिका–३ स्थित जंगली जनावरबाट पीडित भएकासँग छलफल गर्दै मन्त्री कार्कीले सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको स्पष्ट पारे ।

    मन्त्री कार्कीले भने, ‘सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि ल्याएको हो, यो बाध्यात्मक अवस्थाको उपज हो ।’

    गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको उनले बताए । ‘वर्तमान सरकारले छिट्टै पूर्णता पाउँछ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend