काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको समर्थन गर्ने भए निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउँदा विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशको आलोचना भइरहेका बेला सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले अध्यादेश गलत भएको प्रतिक्रिया जनाएका छन् ।
थापाले ट्विटरमा लेखेका छन्, ‘संसद अधिवेशन हठात् अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ । सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’
कांग्रेसभित्रै केन्द्रीय सदस्य डा. शेखर कोइराला, युवा नेता प्रदीप पौडेल लगायतले समेत अध्यादेशको विरोध गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दल विभाजन गर्न सजिलो हुने गरी देउवा सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।