शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

पार्टी वा सांसदमा २५% पुर्‍याए दल विभाजन ! देउवा, प्रचण्ड, नेपालको योजनामा अध्यादेश आउँदै

पार्टी वा सांसदमा २५% पुर्‍याए दल विभाजन ! देउवा, प्रचण्ड, नेपालको योजनामा अध्यादेश आउँदै

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 5.0K
    SHARES

  • पार्टी वा सांसदमा २५% पुर्‍याए दल विभाजन ! देउवा, प्रचण्ड, नेपालको योजनामा अध्यादेश आउँदै

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारी गरिएको छ ।

    सत्तारुढ गठबन्धनको उच्च स्रोतका अनुसार नेकपा एमाले विभाजन गर्न सहज हुने गरी ढिलोमा भोलि बुधबारसम्म अध्यादेश आउने भएको छ ।

    देउवा नेतृत्वको सरकारले ल्याउने तयारी गरेको अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय समिति २५ प्रतिशत पुर्‍याउनसक्ने सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिँदैछ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २५% पुर्‍याउन सक्ने भएकाले दल विभाजन गर्न सकिने छ ।

    दल सम्बन्धी ऐनअनुसार दल विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिने प्रावधान छ ।

    नेता नेपाललाई केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन गाह्रो भएपछि २५ प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्था सहितको अध्यादेश ल्याउन लागिएको छ ।

    अध्यादेश ल्याउन सरकारले सोमवार नै संसदको चालू अधिवेशन अन्त्य गरेको छ । संसद अधिवेशन चालू रहेका बेला अध्यादेश ल्याउन नपाइने भएका कारण अधिवेशन अन्त्य गरिएको छ ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गरेकोमा विरोध गरेका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धताविपरीत प्रतिनिधि सभाको चालू अधिवेशन हठात् अन्त्य गरेको ओलीको आरोप छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि दुवै संसदको अधिवेशन अन्त्य गरेकी छन् ।

    सोमवार साँझ अध्यक्ष ओलीले एक वक्तव्य जारी गर्दै संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरिएको छ । 

    ‘पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधि सभाको चालू अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिँदैछ,’ ओलीले वक्तव्यमा भनेका छन् ।

    ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र मान्य र क्षम्य हुन नसक्ने समेत बताएका छन् । वक्तव्यमा उल्लेख छ, ‘एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन । तसर्थ पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरूद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend