आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रवक्ता विश्वप्रकाश शर्माले सोधे केपी ओलीलाई कडा प्रश्न !

प्रवक्ता विश्वप्रकाश शर्माले सोधे केपी ओलीलाई कडा प्रश्न !

  • मिडिया डबली
  • सोमवार, आषाढ १४ २०७८

  • 6.3K
    SHARES

  • प्रवक्ता विश्वप्रकाश शर्माले सोधे केपी ओलीलाई कडा प्रश्न !

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा प्रश्न फर्काएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले सोधेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विनम्रसँग शोध्छु – अभिव्यक्तिमा चरम आवेगको यो कस्तो 
    ‘भेरिएन्ट’ ?’

    प्रवक्ता शर्माले एमालेसँग प्रचण्डको पार्टी एकता नै हुँदा ठीक हुने र कांग्रेससँग मुद्दामा सहकार्य हुँदा बेठीक हुने भनेर समेत सोधेका छन् । 

    शर्माले लेखेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठीक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?’

    प्रधानमन्त्री ओलीले सोमबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, प्रचण्ड र माधव नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend