आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसमा महामन्त्रीको महासंग्राम : गगन र विश्वप्रकाशसहित यी ७ उम्मेदवार !

कांग्रेसमा महामन्त्रीको महासंग्राम : गगन र विश्वप्रकाशसहित यी ७ उम्मेदवार !

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 25.6K
    SHARES

  • कांग्रेसमा महामन्त्रीको महासंग्राम : गगन र विश्वप्रकाशसहित यी ७ उम्मेदवार !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ औं महाधिवेशन लागेको छ । आगामी भदौमा हुने महाधिवेशनका लागि सभापतिका प्रतिस्पर्धीले दौडधुप सुरु गरिसकेका छन् ।

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेता प्रकाशमान सिंह लगायत आकांक्षी देखिएका छन् । देउवा र निधिले प्रचारप्रसार र छलफललाई घनिभूत बनाएका छन् ।

    सभापतिका आकांक्षीसँगै महामन्त्री पदका लागि समेत कडा प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदका सम्भावित आकांक्षीबारे नेपाली कांग्रेसका चर्चा सुरु भएको छ । 

    पछिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित चर्चित नेता गगनकुमार थापा यसपालि महामन्त्रीमा बलियो उम्मेदवार मानिएका छन् । त्यसपछि विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायत समेत महामन्त्रीमा आकांक्षी छन् ।

    नेताहरू धनराज गुरुङ, जीवन परियार, चन्द्र भण्डारी, सरिता प्रसाई, कल्याण गुरुङ समेत कांग्रेस पदाधिकारीका आकांक्षी छन् । तर आकांक्षी भएर मात्रै हुँदैन, चुनाव जित्न गुटभित्रको प्यानलमा आधिकारिक उम्मेदवार हुन सक्नुपर्छ । प्यानलमा नपरेको उम्मेदवार जित्ने सम्भावना हुँदैन । तर यसपालि महाधिवेशनमा कांग्रेसमा २ महामन्त्री निर्वाचित हुने भएकाले कडा प्रतिस्पर्धी दुबै महामन्त्री बन्नेछन् ।

    कांग्रेसमा युवाभन्दा बढी समय राजनीति गरेका रामशरण महत, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, रमेश लेखकले पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।

    महाधिवेशनमा उम्मेदवारी दिँदा कुन प्यानलको सभापतिले कुन महामन्त्रीलाई रोज्छन् र उम्मेदवार बनाउँछन् भन्ने हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend