मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

देउवाको घोषणाले कांग्रेसमा समीकरण उथलपुथल, युवा नेताहरूको नयाँ मोर्चा !

देउवाको घोषणाले कांग्रेसमा समीकरण उथलपुथल, युवा नेताहरूको नयाँ मोर्चा !

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८

  • 16.0K
    SHARES

  • देउवाको घोषणाले कांग्रेसमा समीकरण उथलपुथल, युवा नेताहरूको नयाँ मोर्चा !

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू दोस्रो कार्यकालका लागि पुनः सभापतिमा उठ्ने चाहना सार्वजनिक गरेपछि पार्टीमा तरंग सिर्जना गरेको छ । भित्रभित्रै उनले दोहोरिने इच्छा राखे पनि अहिलेसम्म बाहिर ल्याएका थिएनन् । तर, देउवाले शनिबार आफू पुनः पार्टी सभापतिमा उठ्न चाहेको भन्दै उनले प्रदेश १ र प्रदेश २ का नेताहरूसँग सल्लाह र सुझाव मागेका थिए । 

    देउवाले पुनः सभापतिमा दोहोरिने भन्दै आफ्नो पक्षका नेताहरूसँग सहयोगका लागि आग्रह गरिरहेका छन् । उनले आज बागमती र गण्डकीका आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग पार्टी महाधिवेशन र सभापतिमा आफ्नो उम्मेदवारीबारे छलफल गर्दैछन् । पहिला बागमतीमा आफ्नो समूहका केन्द्रीय सदस्यहरू र त्यसपछि गण्डकीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्न भन्दै बोलाएका छन् । देउवाले बिहान १० बजे छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका छन् । 

    images

    १४औं महाधिवेशनको कार्यतालिका अन्तिमचोटि संशोधन नहुने गरी प्रकाशित भएपछि देउवाले आफ्नो इच्छा बाहिर ल्याएका छन् । जसले दोस्रो पुस्ताका नेताहरूका लागि ठूलो दबाब सिर्जना गरेको छ ।

    कांग्रेस पार्टीभित्रै र शुभेच्छुक तथा मतदाताहरूले कांग्रेस नेतृत्वमा युवा पुस्ता आउनुपर्ने चाहना प्रकट गरिरहेका छन् । अहिलेका वृद्ध नेताहरू कोही नदोरिउन् भन्ने चाहना धेरैको छ । तर, देउवाले आमकार्यकर्ता र शुभेच्छुकको चाहनामा पानी खन्याइदिएका छन् ।

    अहिलेसम्म कांग्रेसमा सभापतिको दाबेदारमा देउवासहित रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि थिए । तर, देउवाको यो घोषणासँगै अब देउवा पक्ष एकातिर, अरु सबै अर्कोतिर समीकरण बन्ने देखिएको छ ।

    कांग्रेसमा युवा नेताहरू विश्वप्रकाश शर्मा, गगन थापामाथि नेतृत्वमा आउन व्यापक दबाब बढ्दै गएको छ । जबसम्म कांग्रेसमा युवापुस्ता नेतृत्वमा आउँदैन, तबसम्म निर्वाचनमा सफलता प्राप्त नगर्ने र सरकार पनि बनाउन नसक्ने भन्दै युवा नेताहरूमाथि दबाब बढेको हो । अबको केही दिनमै युवा नेताहरूले नयाँ मोर्चा बनाउने सम्भावना रहेको चर्चा सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७१०:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology