काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली सरकारले तराईलाई मरुभूमिकरण गर्न लागेको भन्दै प्रतिरोध गर्न सबै नागरिकलाई आह्वान गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले सो आह्वान गरेका हुन् । संसद नभएका बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर आफ्नो असली अनुहार उजागर गरेको नेता थापाले बताएका छन् । यसबाट वातावरण र चुरे संरक्षणमा सरकार असंवेदनशील रहेको प्रस्ट भएको उनको भनाइ छ । थापाले यसलाई ‘नीतिगत भ्रष्टाचार’ भएको दाबी गरेका छन् । ‘आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ,’ थापाले भनेका छन् ।
थापाले लेखेका छन्– संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा, गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।
वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ। यो ‘नीतिगत भ्रष्टाचार’ हो।आफ्ना ‘यार’ लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनस्छर्लङ्ग भएको छ।चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।
अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।