बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीले बोलाउनेबित्तिकै मध्यराति प्रधानन्यायाधीश खुरुखुरु बालुवाटार जान मिल्छ ?

ओलीले बोलाउनेबित्तिकै मध्यराति प्रधानन्यायाधीश खुरुखुरु बालुवाटार जान मिल्छ ?

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 7.1K
    SHARES

  • ओलीले बोलाउनेबित्तिकै मध्यराति प्रधानन्यायाधीश खुरुखुरु बालुवाटार जान मिल्छ ?

    काठमाडौ - सोमबार मध्यरातिदेखि प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच बालुवाटारमा भेटवार्ता भएको समाचार बाहिरिएसँगै तरंग फैलियो । प्रधानमन्त्री ओलीले आफैंले सवारी पठाएर प्रधानन्यायाधीशलाई बालुवाटार बोलाएको बताइएको छ ।

    त्यसै त अहिले प्रधानन्यायाधीश जबरा विवादले घेरिएका छन् । प्रधानमन्त्री ओलीको अनुकूल सर्वोच्चबाट फैसला दिने, अध्यादेश जारी गरी संवैधानिक निकायमा नियुक्ति गर्ने घटनामा प्रधानन्यायाधीश नै मुछिएका छन् । त्यसैले देशको कार्यकारी प्रमुखले बोलाउनेबित्तिकै न्यायपालिका प्रमुख खुरुखुरु जान मिल्छ ? जनताले प्रश्न गर्न थालेका छन् ।

    लोकतन्त्रमा न्यायालय जनताले आश गर्ने अन्तिम ठाउँ हो।यसको बिकल्प छैन। निरंकुश कार्यकारीलाई सच्याउने अधिकार न्यायालयलाई हुन्छ । 

    विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा संसद् पुनःस्थापनासहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दायर गरेको दिन सोमबार मध्यराति प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश जबरालाई बालुवाटार बोलाएर छलफल गर्नुले संशय पैदा गराएको छ ।

    विपक्षी गठबन्धनका एक सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सशरीर सर्वोच्चमै उपस्थित भएर रिट निवेदन दर्ता गराएकै दिन प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश जबरालाई बोलाएर भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानन्यायाधीश जबरा डेढ घन्टा ओलीसँग छलफल गरेर फर्केको स्रोतले बताएको छ ।

    जबकि प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच जतिबेला पनि भेटघाट हुनु हुँदैन । सार्वजनिक कार्यक्रमबाहेक अरु बेला भेट्नु हुँदैन । त्यसै पनि ओलीले राज्यका सबै निकायमा ‘सेटिङ’ गरेको चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओली षड्यन्त्र, तिकडम र जालझेलमा माहिर देखिएका छन् । अनेक दाउपेच गरेर भए पनि उनलाई सत्तामा टिक्न परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend