काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने क्रममा ‘त्यो पर्दैन’ भनेपछि परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वाेच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेश नदिएपछि प्रधानमन्त्री ओलीलाई राहत भएको छ ।
आज मंगलबार रिटमाथि भएको सुनुवाइबाट जारी आदेशमा रिटलाई अग्राधिकार दिने निर्णय भएको छ । ओलीले ‘प्रतिज्ञा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि सर्वत्र आलोचना भएको थियो ।
आदेशमा ओलीले शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द ‘प्रतिज्ञा गर्छु’ वाचन नगरी ‘त्यो पर्दैन’ भन्नुको कारण बाटो म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्न भनिएको छ ।
ओलीको शपथविरुद्ध वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वली लगायतले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्रीले पुनः शपथ लिनुपर्ने र सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्नुपर्ने माग गरिएको थियो । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका ७ जना गैरसांसद मन्त्रीले दोस्रो पटक शपथ लिएपछि संवैधानिक प्रश्न उठेको छ ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।