शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

शेरबहादुर देउवा प्रधानमन्त्री बन्नसक्ने यस्तो उपाय !

शेरबहादुर देउवा प्रधानमन्त्री बन्नसक्ने यस्तो उपाय !

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 4.2K
    SHARES

  • शेरबहादुर देउवा प्रधानमन्त्री बन्नसक्ने यस्तो उपाय !

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ३ दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाएसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल नयाँ सरकार गठनको तीब्र दौडधुपमा लागेका छन् ।

    नयाँ सरकारका लागि बहुमत पुर्‍याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । कामचलाउ प्रधानमन्त्री ओली विपक्षी दललाई बहुमत पुर्‍याउन नदिन अधिकतम सक्रिय बनेका स्रोतले दाबी गरेको छ ।

    प्रतिनिधि सभामा विपक्षीलाई बहुमत पुर्‍याउन रोक्ने ओली योजना र बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलको रणनीति वरिपरि राजनीति घुमिरहेको छ ।

    नेपाली कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहको समर्थन रहेको छ ।

    धारा ७६(२) अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुने देखिन्छ । 

    प्रतिनिधि सभामा गत सोमवार भएको विश्वासको मतदानमा ओलीको विपक्षमा १२४ मत खसे । कांग्रेस ६१, माओवादी केन्द्र ४८ र जसपाको बाबुराम–उपेन्द्र पक्षका १५ सांसदले ओली विपक्षमा मत दिए । प्राप्त मतअनुसार कांग्रेस–माओवादी लगायत दललाई सरकार बनाउन अझै दर्जन सांसद आवश्यकता पर्ने देखिएको छ ।

    मतदानमा जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद ओलीको पक्ष र विपक्षमा मत नदिई तटस्थ बसेका थिए । ठाकुरले नयाँ सरकार गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेकाले उनी पक्षधर सांसदले माओवादी र कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन नगर्ने देखिएको छ ।

    ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमाले भित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

    एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले ओलीलाई विश्वासको मत दिएनन् । एमालेसँग प्रतिनिधि सभामा १२१ सांसद रहे पनि नेपाल पक्षका नेताले मत नदिँदा ओलीले ९३ मतमै चित्त बुझाउनुपरेको थियो ।

    प्रधानमन्त्री ओलीले पार्टी निर्णय नमान्ने २८ सांसदलाई कारबाहीको डन्डा चलाउन सकेका छैनन् । कारबाही गरेमा सांसद संख्या घट्ने र देउवाका लागि प्रधानमन्त्री बन्न बाटो सहज हुने देखेरै ओलीले कारबाही नगरेको राजनीतिक विज्ञको विश्लेषण छ ।

    ओलीले २८ सांसदलाई कारबाही गरे वा नेपाल पक्षका सांसदले राजीनामा दिए, प्रतिनिधि सभामा सांसद संख्या खुम्चिएसँगै देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । यद्यपि कारवाही नगरेर उनीहरुले ‘फ्लोर क्रस’ सहित समर्थन गरेमा देउवा प्रधानमन्त्री बन्ने छन् ।

    एमाले विवाद हल भएर एकजुट भए र ठाकुर पक्षका १५ सांसदले साथ दिएमा ओली पुनः बहुमतीय आधारमा प्रधानमन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ । तर पार्टी विवाद उत्कर्षमा पुगेकाले एमाले एकजुट हुने सम्भावना न्यून देखिएको छ ।

    राष्ट्रपति भण्डारीले सोमवार साँझ संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि ३ दिनको समय दिएकी हुन् । जुन आज साँझ ९ बजे सकिँदैछ ।

    धारा ७६(२) मा २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने व्यवस्था रहेको छ ।

    संविधानको धारा ७६(३) मा संयुक्त सरकार बन्न नसकेमा राष्ट्रपतिले संसद्को ठूलो दलको नेता प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । धारा ७६(२) अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुने देखिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend