बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली शासनमा अनाहकमै जनता मर्दा चिकित्सक संघको देशभर ‘रेड अलर्ट’ अपिल

ओली शासनमा अनाहकमै जनता मर्दा चिकित्सक संघको देशभर ‘रेड अलर्ट’ अपिल

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 7.2K
    SHARES

  • ओली शासनमा अनाहकमै जनता मर्दा चिकित्सक संघको देशभर ‘रेड अलर्ट’ अपिल

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको खेलमा लागेर जनतालाई बिर्सिएका बेला नेपाल चिकित्सक संघले गम्भीर अपिल गरेको छ ।

    कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले समयमै काम नगर्दा जनताले अनाहकमा ज्यान गुमाउनुपरेको ठहर गर्दै संघले राजनीतिक जोडघटाउ रोक्न अपिल गरेको छ ।

    जुनुसुकै बेला भयावह अवस्था आउनसक्ने भएकाले तयारी गर्न अनुरोध गर्दा नसुनेका कारण आमनागरिकले अनाहकमा जीवन गुमाइरहको संघको ठहर छ ।

    ‘अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने,’ संघ विज्ञप्तिमा उल्लेख छ ।

    नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा मनन् गर्दै देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने संघले जनाएको छ ।

    यस्तो छ संघको अपिल –

    184210538_337993307738656_2588178915152305410_n.jpg184399206_798292647486143_6865648549586689087_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend