आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

बजेटमा पपुलर कार्यक्रम ल्याउन पनि ओली आजै प्रधानमन्त्रीको पुनः नियुक्ति लिने दाउमा

बजेटमा पपुलर कार्यक्रम ल्याउन पनि ओली आजै प्रधानमन्त्रीको पुनः नियुक्ति लिने दाउमा

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 3.9K
    SHARES

  • बजेटमा पपुलर कार्यक्रम ल्याउन पनि ओली आजै प्रधानमन्त्रीको पुनः नियुक्ति लिने दाउमा

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    अहिलेसम्मको स्थिति हेर्दा उनले विश्वासको मत गुमाउने निश्चित छ । किनभने उनले आफ्नै पार्टी एमालेका सांसदको मतसमेत पाउने छैनन् । माधवकुमार नेपाल पक्ष राजीनामा दिने कि नदिने भन्ने दोधारमा छ । उनीहरूले राजीनामा दिने चेतावनी दिइसकेका छन् ।

    जसपाको एउटा पक्ष तठस्थ बस्ने र अर्कोले विपक्षमा मत हाल्ने स्पष्ट पारेको छ । त्यसैले संसदमा विश्वासको मत गुमाउना साथ उनले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

    ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने भएकी छन् । ओलीलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्न लागेकी हुन् । यसपछि एक महिनाभित्र ओलीले संसदमा आफूलाई बहुमत देखाउनुपर्ने हुन्छ । तर, एक महिनासम्ममा ओलीले बजेट ल्याइसक्नेछन् । जेठ १५ गते बजेट आउने छ । अध्यादेशमार्फत बजेट ल्याउने ओलीको तयारी छ ।

    बजेटमा पपुलर कार्यक्रम ल्याएर जनतालाई मैले गर्न चाहेको थिएँ, कार्यान्वयन गर्न सकिनँ भनेर भ्रम छर्ने र आगामी निर्वाचनमा त्यसैलाई एजेन्डा बनाउने ओलीको भित्री रणनीति रहेको एमाले नेताहरु बताउँछन् । त्यसपछि उनले संसदमा विश्वासको मत लिने छन् । तर, त्यसबेला पनि पाउने छैनन् । त्यसपछि भने ओलीले अर्को सरकार गठन हुन नदिई संसद विघटन गर्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend