मंगलवार, आषाढ ८ २०७८Jun 22 2021

Logo
images
images
images
images

एमालेका प्रदेश सांसद पद नै त्यागेर कांग्रेसमा प्रवेश, आउँदा–आउँदै यति ठूलो पद !

एमालेका प्रदेश सांसद पद नै त्यागेर कांग्रेसमा प्रवेश, आउँदा–आउँदै यति ठूलो पद !

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 18.5K
    SHARES

  • एमालेका प्रदेश सांसद पद नै त्यागेर कांग्रेसमा प्रवेश, आउँदा–आउँदै यति ठूलो पद !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर गुट–उपगुट विकसित भएका बेला बहालवाला प्रदेशसभा सांसद पार्टी र पद त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डे आज सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    images
    images

    उनी कांग्रेसमा प्रवेश गरेपछि लुम्बिनी प्रदेश सभामा नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको जनाइएको छ ।

    लुम्बिनी प्रदेशसभा सचिवालयले सोमबार एक सूचना प्रकाशित गरेर पाण्डेको स्थान रिक्त रहेको जनाएको छ ।

    नेता पाण्डेलाई नेपाली कांग्रेस उम्मेदवारका रुपमा ४ दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय समेत गरेको छ ।

    सोमबार विपक्षी गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गरेर चारै दलका नेताले खादा लगाएर पाण्डेलाई गठबन्धनमा स्वागत गरेका छन् । नेता पाण्डेलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने घोषणा गरिएको छ ।

    नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको उनले बताएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology