काठमाडौं – राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाइएको जानकारी दिएको छ ।
भण्डारीले बैशाख २७ गते सोमवार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख गरिएको छ ।
आज आइतवारै बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने भन्दै राष्ट्रपतिकहाँ अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।