काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख १३ गते दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यसमिति बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औं महाधिवेशन लगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ, नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ, नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते गर्ने गरी तोकिएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/१ मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।