आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images

केपी ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति, यस्तो हुँदैछ भित्रि तयारी

केपी ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति, यस्तो हुँदैछ भित्रि तयारी

  • मिडिया डबली
  • मंगलवार, बैशाख ७ २०७८

  • 2.1K
    SHARES

  • केपी ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति, यस्तो हुँदैछ भित्रि तयारी

    काठमाडौं – नेकपा माओवादी केन्द्र खरो विरोधमा उत्रिएपछि अल्पमतमा पर्ने देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को साथ पाउने भएका छन् ।

    जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुअघि केही महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति जुटेको स्रोतले जनाएको छ । मंगलबार ओली र ठाकुरबीच बालुवाटारमा लामो वार्ता भएको थियो ।

    images
    images

    मधेश र थरुहट आन्दोलनमा पक्राउ परेका बन्दी रिहा गर्नेदेखि संविधान पुनरावलोकन गर्नका लागि आयोग गठन गर्नेसम्म सरकार र जसपाबीच सहमति जुटेको जनाइएको छ । जसपाले उठाएका माग सरकारले पूरा गर्ने तर कुनै लिखित सहमति नहुने भएको छ ।

    सरकारले माग पूरा गर्न निरन्तर काम गर्ने र तबसम्म जसपाले कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणबारे सल्लाह नगर्ने दुबै पक्षबीच समझदारी रहेको छ । कांग्रेस र माओवादीले ओलीलाई हटाएर नयाँ सरकार बनाउन जसपालाई प्रस्ताव राखेका थिए ।

    सरकारको तर्फबाट नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोलीले जसपाका तर्फबाट सांसद लक्ष्मणलाल कर्ण र नेता सर्वेन्द्रनाथ शुक्ला रहेको टोलीसँग विभिन्न चरणमा वार्ता गरेको छ । दुबै पक्षबीच अधिकांश बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री ओली र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत सहभागी हुँदै आएका छन् ।

    सरकार र जसपाबीचको वार्ता ५ विषयमा केन्द्रित रहेको र ती मागबारे उत्साहजनक रुपमा काम अघि बढिरहेको सत्ता पक्षको वार्ता टोलीका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले भने, ‘जसपासँगको वार्ता सकारात्मक रुपमा अघि बढिरहेको छ ।’

    ओलीले सरकारलाई समर्थन गर्न जसपालाई आग्रह गर्दै आएका छन् । ओलीले सरकारलाई जसपाको समर्थन लिएर प्रतिनिधि सभामा विश्वासको मत लिने योजना बनाएका थिए तर जसपाले आफूले उठाएका माग पूरा नहुञ्जेलसम्म सरकारलाई समर्थन दिन नसक्ने स्पष्ट जवाफ दिएको छ । त्यसपछि जसपालाई प्रधानमन्त्री ओलीले कांग्रेस र माओवादीसँग सत्ता समीकरणमा नलाग्न आग्रह गरेका छन् ।

    जसपाले उठाएका माग पूरा गर्ने तयारीमा सरकार देखिएको कार्यदलमा रहेका जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘सरकारले काम गरिरहेको छ, संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्ने, नागरिकताका विषयमा पनि सहमति गर्ने भन्ने हो,’ कर्णले भने ।

    जसपाले २०८ जनालाई रिहाइ गर्नका लागि ओली सरकारलाई सूची बुझाइसकेको छ । २४ मुद्दामा मुछिएका २०८ जनामाथि मुद्दा लागेका र मुद्दा फिर्ताका लागि जसपाले सरकारसामु माग गरेको छ । ‘मुद्दा फिर्ता र बन्दी रिहा गर्नेबारे मन्त्रालयहरुले काम गरिरहेको छन् भनिएको छ,’ उनले भनेका छन् ।

    जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्नुपर्ने, बन्दी रिहा गर्नुपर्ने, संविधान पुनरावलोकन गर्नुपर्ने र नागरिकता विधेयक जसपाको सहमतिमा मात्रै पास गर्नुपर्ने माग राखेको छ । यी मागमा संविधान पुनरावलोकन गर्नका लागि आयोग बनाउन सरकार तयार रहेको स्रोतले जनाएको छ ।

    जसपाको माग अनुसार मुद्दा र फिर्ता र बन्दी रिहा गर्नेबारे अबको केहीदिनमै मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने जनाइएको छ । नागरिकता विधेयक समझदारीमा अघि बढाउन सबै दललाई एकमत गर्ने समझदारी समेत सरकार र जसपाबीच भएको स्रोतले जनाएको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology