आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images
राजनीतिक विशेष

प्रधानमन्त्री ओली र सञ्चारमन्त्रीको गृहजिल्लामा ढल्यो कम्युनिस्ट

प्रधानमन्त्री ओली र सञ्चारमन्त्रीको गृहजिल्लामा ढल्यो कम्युनिस्ट

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 32.4K
    SHARES

  • प्रधानमन्त्री ओली र सञ्चारमन्त्रीको गृहजिल्लामा ढल्यो कम्युनिस्ट

    काठमाडौं - पछिल्लो समय प्रधानमन्त्री केपी ओली र उनका अनुयायी नेताको बर्चश्व जिल्ला जिल्लामा घट्दै गएको छ । हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनले त्यसको पुष्टि गरेको छ ।

    रेडियो प्रसारक संघ (अकोराव) को निर्वाचनपछि पत्रकार महासंघको निर्वाचनमा कांग्रेस निकट प्रेस युनियनले वर्चश्व हासिल गरेको छ । कतिसम्म भने प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा र सञ्चारमन्त्री पार्वत गुरुङको गृहजिल्ला दोलखामा कम्युनिस्टले लज्जास्पद हार बेहोरेको छ ।

    images
    images

    गत आमनिर्वाचनमा ओली झापा ३ बाट र दोलखाबाट गुरुङ भारी मतअन्तरले विजयी भएका थिए । पत्रकार महासंघको यो निर्वाचनपछि आगामी निर्वाचनमा नितान्त फरक नतिजा आउने आकलन गरिएको छ ।

    ओलीको गृहजिल्ला झापामा प्रेस चौतारी पराजित भएको छ । एमाले निकट प्रेस चौतारीबाट महासंघको अध्यक्ष पदका उम्मेद्वार विशाल नेम्वाङ पराजित भएका हुन् । अध्यक्षमा संयुक्त प्यानलबाट प्रेस युनियनका एकराज गिरी निर्वाचित भएका छन् ।

    गिरीले एक सय ५५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी ओलीनिकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे । नेपाल–खनाल निकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याए ।

    झापा शाखामा एकराज गिरी नेतृत्वको प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

    उपाध्यक्षमा १३१ मत ल्याउँदै गिरीकै प्यानलका केशव भट्टराई निर्वाचित हुँदा प्रतिद्वन्द्वी गोपाल झापालीले ९६ र हिमालचन्द्र खरेलले २६ मत ल्याए । महिला उपाध्यक्षमा १४० मत ल्याएर शुशीला संग्रौला विजयी हुँदा चौतारीकी सावित्रा दाहालले १०७ मत ल्याइन् ।

    सचिवमा १२८ मत ल्याउँदै डिकेश लामा विजयी भए, चौतारीका उम्मेदवार सुब्रत न्यौपानेले ९९ र प्रेम आचार्यले २५ मत ल्याए । सह–सचिवमा १५५ मत ल्याउँदै राजु पाठक विजयी हुँदा चौतारीका विनोद सापकोटाले ९२ मत ल्याए ।

    समावेशी सह–सचिवमा अर्जुन राजवंशीले १७२ मत ल्याउँदा प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याए, कोषाध्यक्षमा १३३ मत ल्याउँदै रञ्जित प्रसाईं विजयी भए, चौतारीका रमेश तिवारीले ११५ मत ल्याए ।

    महासंंघ दोलखा शाखाको अध्यक्षमा प्रेस युनियनका दिपशंकर चौंलागाई विजयी भएका छन् । एमालेको प्रेस चौतारीको ओली समूहका उम्मेदवार केदार शिवाकोटीलाई १० मतान्तरले पराजित गर्दै चौंलागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।

    चौंलागाईले ५८ र उनका प्रतिद्धन्दी शिवाकोटीले ४८ मत प्राप्त गरेका थिए । संयुक्त प्यानलवाट खुल्ला उपाध्यक्ष पदमा सिर्जनकुमार घिमिरेले प्रतिद्वन्द्वी शेरबहादुर भुजेललाई १३ मतान्तरले पराजित गरे ।

    घिमिरेले ५९ मत प्राप्त गरेका छन् भने भुजेलले ४६ मत प्राप्त गरे । महासंघको महिला उपाध्यक्षमा संयुक्त व्यानललबाट सिर्जना थापा खड्का निर्वाचित भइन् । खड्काले ५४ र मन्दिरा थापाले ५० मत प्राप्त गरे ।

    सचिव पदमा दिलवहादुर केसीले एमालेको प्रेस चौतारीको ओली समूहबाट सचिवकी प्रत्यासि निर्मला शिवाकोटीलाई ४६ मतको बदलामा ५९ मत प्राप्त गरी पराजित गरे ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology