आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images

केपी ओलीको पछि लाग्दा खाइपाई आएको मुख्यमन्त्री पद नै चट् !

केपी ओलीको पछि लाग्दा खाइपाई आएको मुख्यमन्त्री पद नै चट् !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 23.0K
    SHARES

  • केपी ओलीको पछि लाग्दा खाइपाई आएको मुख्यमन्त्री पद नै चट् !

    पोखरा – गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा (राजमो) ले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

    पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधवार वक्तव्य जारी गरेर गण्डकी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् ।

    images
    images

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

    यसअघि जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरेपनि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिएको थिएन ।

    यद्यपि गण्डकीमा ओलीका समर्थक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्ने वा नढल्ने भन्ने विषयमा टीकाटिप्पणी सुरू भइसकेको थियो ।

    गण्डकीमा हाल नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ । गत चैत २५ गते माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि गुरुङ नेतृत्वको सरकार धरापमा परेको थियो ।

    यद्यपि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइएको छैन । समर्थन फिर्ता नलिए पनि नयाँ सरकारका लागि नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेका छन् ।

    वार्ताका लागि कांग्रेसले कुमार खड्का संयोजकत्वमा डोबाटे विश्वकर्मा र मणिभद्र शर्मा कँडेल सदस्य रहेको वार्ता समिति नै गठन गरेको छ । नयाँ सरकारबारे २ दिनअघि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

    राजमोलाई केन्द्रबाट निर्देशन आउनासाथ बैशाख पहिलो हप्ता सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने कांग्रेस नेता कुमार खड्काले बताए । तयारी हुँदाहुँदै बुधवार मात्रै राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ताको औपचारिक निर्णय गरेको छ । राजमोका गण्डकीमा ३ सांसद रहेका छन् ।

    राजमो संसदीय दलका नेता कृष्ण थापाले ‘प्रक्रिया पुर्‍याएर आएपछि बल्ल होला नि’ भन्ने प्रतिक्रिया दिए । मंगलवारसम्म संसदीय दलका नेता थापाले ‘बाहिर जे जस्तो टीकाटिप्पणी आए पनि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई समर्थन जारी रहने’ स्पष्ट पार्दै आएका थिए । जनमोर्चाले एकाएक समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार थप धरापमा परेको छ ।

    ‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेका सरकारलाई समर्थन कायमै राखेका थियौं,’ अध्यक्ष केसीद्वारा जारी वक्तव्यमा उल्लेख छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौं । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसैले सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वास प्रस्तावमा हाम्रो समर्थन हुनेछ ।’

    मुख्यमन्त्री गुरुङले सरकार धरापमा परेपछि जनमोर्चाका सांसदलाई मन्त्री पद दिने लालसा देखाउँदै आएका थिए । तैपनि आन्तरिक जोडघटाउ मिलेको थिएन । यद्यपि उनी सरकार टिकाउने कसरतमै रहेका छन् ।

    गण्डकीमा एमालेका २७, माओवादी केन्द्रका १२ र स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थनमा दुईतिहाइको सरकार रहेको छ । माओवादी केन्द्रका मन्त्रीको राजीनामापछि नयाँ सरकार गठनका लागि एमालेइतरका दल लागिपरेका छन् ।

    गण्डकीमा ६० सांसदमध्ये नेकपा एमालेको २७, नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२, राजमो ३ र जसपा २ र स्वतन्त्र सांसद १ रहेका छन् ।

    कांग्रेस नेतृत्वको सरकार बनाउन आफ्ना १५, माओवादी केन्द्रका १२ र राष्ट्रिय जनमोर्चाका ३ र जसपाका २ मिलेर सरकार बनाउन सकिने छ ।

    सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले १ महिनाभित्र विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिलेकै सरकार बचाउने वा नयाँ सरकार बनाउने भन्ने मुख्य निर्णायक राजमो रहेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology